तीजको रमझम सुरु- आज दर खाने दिन - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

तीजको रमझम सुरु- आज दर खाने दिन



काठमाडौं । नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आजबाट शुरु भएको छ ।

तीजको अघिल्लो दिन दर खाने प्रचलन अनुसार आज हिन्दु महिला दिदीबहिनीहरुले माइती, आफन्त जन र साथी संगीनीसँग मिलेर मीठा मीठा परिकार सहित दर खाने गरेका गर्दछन् ।

दर खाएको भोलीपल्ट निराहार ब्रत बसी हरितालिका तीज मनाउने गरिन्छ ।

धार्मिक मान्यता अनुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्धितीयका दिन दर खाई तृतीयका दिन ब्रत बसेको किंवदन्ती छ ।

अविवाहिताहरुले महादेव जस्तै पति पाउनका लागि र विवाहिताहरुले आफना पतिको दीघार्युको कामना गर्दै निराहार ब्रत बस्ने चलन छ ।

यसैबीच हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरको पूर्वी ढोका भक्तजनहरुका लागि खुल्ने भएको छ ।

यसअघि २ दशकदेखि तीजको बेला यो ढोका बन्द हुँदै आएको थियो ।