टेक्निकल फेस्टिवललाई मध्यनजर गर्दै नेविसंघले सरसफाइ कार्यक्रम गर्ने

मणि भुषाल /पोखरा
इन्जिनियरिङ अध्यान संस्थान ,पश्चिमाञ्चल क्याम्पस पोखरामा हुन लागेको ऐतिहासिक एक्स्पो लाई मध्यनजर गर्दै ने.बि.सङ्घ इकाइ कमिटीले आफ्नो कामहरू सुरु गर्दै छ । भिक्टर डाईरेक्ट योर भिजन भन्ने थिममा हुन लागेको एक्स्पोलाई भव्य बनाउन नेपाल विद्यार्थी सङ्घ ,प्रथम वर्ष ब्याचले प्रथम चरणको कार्यक्रम सरसफाइबाट गर्ने भएको कुरा ब्याच सभापति स्मृति रेगमिले जानकारी दिनु भएको छ ।
नेपाल विद्यार्थी सङ्घले यस भन्दा अघि पनि क्याम्पस सुधारका कार्यक्रम गर्दै आएको छ। आफ्नो सत्र बुँदे मागमा पनि नेपाल विद्यार्थी सङ्घले एक्स्पो गराइनु पर्छ भन्दै आवाज उठाएको थियो , त्यसको फलस्वरूप क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनले राष्ट्रिय स्तरको एक्स्पो गर्न लागेको छ । यस एक्स्पोमा विद्यार्थीका प्रोजेक्टहरू देखाइने छ र कयौँ क्याम्पस र विश्वविद्यालय ले भाग लिने छन् ।
एक्स्पोको लागि सम्पूर्ण तयारी पूरा भएको मिडिया एण्ड एडभरटाइस्मेनट कमिटीका संयोजक तथा स्व.वि.यु सदस्य नितेश शर्माले बताउनु भएको छ ।क्याम्पस परिसरलाई सुन्दर र एक्स्पोको लागि मनमोहक बनाउन सरसफाइ कार्यक्रम आयोजना गरिएको ब्याच सचिव मनोज भट्टराईले बताउनु भयो ।
सरसफाइ कार्यक्रमका संयोजक विनोद पाण्डेका अनुसार क्याम्पसका सम्पूर्ण सङ्घ संस्था , समाज र टेकनिकल क्लबलाई पत्राचार समेत गरिएको छ । सबैको हितका लागि एक्स्पो हुने हुँदा सरसफाइ कार्यक्रममा धेरै भन्दा धेरै विद्यार्थीको सहभागिता हुने र क्याम्पस अनि स्व.वि.युबाट समेत सहयोग मिल्ने कुरा ब्याच उपसभापति शङ्कर रिजालले बताउनु भयो ।
उक्त एक्स्पोमा नेपाल विद्यार्थी सङ्घको गहन जिम्मेवारी रहेको र अन्य चरणका कार्यक्रमहरू पनि रहने कुरा इकाइका सभापति अमन भुसालले जानकारी गराउनु भएको छ । उहाँका अनुसार नेपाल विद्यार्थी सङ्घको प्रतिनिधित्व हुने गरी स्वयंसेवक समेत खटाइने भएको छ । यस्ता कार्यक्रम आगामी दिनहरूमा हुने कुरामा आफू विश्वस्त रहेको कुरा समेत उहाँले बताउनु भएको छ ।

