चिन्तन चौतारीको तेश्रो एपिसोडमा डा. रवीन्द्र समीर - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

चिन्तन चौतारीको तेश्रो एपिसोडमा डा. रवीन्द्र समीर



काठमाडौं । टिम नेपोले आफ्नो टक प्रोग्राम सिरिज ‘चिन्तन चौतारी’ को तेस्रो संस्करण पनि सफलतापुर्वक सम्पन्न गरेको छ ।

पहिलो र दोश्रो एपिसोडको सफलता पछि शनिवार किङ्स कलेज, बबरमहलमा ‘The Art of Writing’ विषयक तेस्रो संस्करणमा साहित्यकार तथा लघुकथा विधाका सशक्त हस्ताक्षर डा. रवीन्द्र समीर प्रमुख वक्ता र प्यानलमा जनस्वास्थ्य अधिकृत गणेशराज पौडेल र युवा मिर्दुल बस्नेत रहेको कार्यक्रममा ७० जना भन्दा बढी युवाहरु सहभागी थिए ।

डा. समीरका ८ ओटा लघुकथासङ्ग्रह, मुक्तक सङ्ग्रह, नियात्रासङ्ग्रह र हालै मात्रै प्रकाशित ‘मृत्युको आयु’ उपन्यास सहित गरि १२ कृति प्रकाशित छन् । पद्मश्री साहित्य पुरस्कार, युवावर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल विधाभूषण पदक लगायत करिब दुई दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मान पाएका समीरको स्वास्थ्य तथा सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रियता छ ।

कार्यक्रममा डा. समीरले साहित्यका विधाहरू काब्य, निबन्ध, आख्यान र नाटक विषयमा चर्चा गर्दै, यसको आवश्यकता र विस्वसनियताकाका बारेमा प्रकाश पार्दै लघुकथा लेखनको विषयमा आफ्नो प्रस्तुति दिदै अन्त्यमा सहभागीहरुलाई लेखनको अभ्यास समेत गराएका थिए ।

डा. समीरले आफ्नो १२ औ कृति ‘मृत्युको आयु’ उपन्यास तयार गर्दाका संघर्ष र पृष्टभूमीका कथाहरूको व्याख्याले कार्यक्रममा सुगन्ध थपिएको थियो ।

जनस्वास्थ्य अधिकृत गणेशराज पौडेल र मृदुल बस्नेतले ‘चिन्तन चौतारी’मा शुभकामना मन्तब्य व्यक्त गर्दै टिम नेपोका आयोजनाले ल्याएको सकारात्मक प्रभाव बारे बोलेका थिए।

कार्यक्रमको संचालक टिम नेपोकै सदस्य जया सापकोटाले गरेकी थिइन् भने कार्यक्रमको संयोजन नारायण खनालले गरेका थिए । अन्त्यमा बोल्दै टिम नेपोकै प्रदिप गिरिले वातावरण संरक्षण, जीवनशैली परिवर्तन तथा स्वास्थ्य सम्बर्द्धनका लागि टिम नेपोले गरिराखेको सानो प्रयासमा सबैलाई जुट्न आह्वान गरेका थिए ।