चिसो छ भन्दैमा धेरै चिया पिउनेहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिने - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

चिसो छ भन्दैमा धेरै चिया पिउनेहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिने



नयाँ दिनको शुरुवात होस् या नयाँ सम्बन्धको शुरुवात । अल्छीपना भगाउन होस या कुनै विषयमा गफगाफ गर्न एक प्याला चिया नै सबैभन्दा सहज माध्यम हो । 

बिहान–बेलुका चियाका सागथै दिनभर अफिसमा कामका बीचमा कतिपटक चिया खाइन्छ गन्ती गर्न मुस्किलै पर्दछ ।

तर, कमै मानिसलाई थाहा छ कि चियाले शरीरमा कतिसम्म नोक्सान पुर्‍याउँछ भन्ने कुरा । 

चियाले कसरी खाने र कतिखेर बच्ने त ? 

–दिनभर तीन कपभन्दा धेरै चिया खानाले एसिडिटी हुनसक्छ । 

–शारीरिक क्षमतामा कमी ल्याउँछ । 

–आइरन एब्जर्ब गर्ने शरीरको क्षमतालाई कजोर बनाउँछ । 

–चिया पिउने लत लाग्छ 

–क्याफिन भएका कारण चिया पिउने लत लाग्न सक्छ 

–धेरै चिया पिउनाले रुखोपन हुनसक्छ । 

–पाचन पक्रियामा समस्या 

–धेरै चिया पिउने मानिसको दाँतमा दाग आउँछन् । तर, कफीले चियाभन्दा पनि धेरै दाग बसाउँछ । 

–मध्यरात चिया पिउनाले निद्रा नआउने समस्या 

–दूधले चियाको गुण नै नस्ट हुन्छ 

–दूध र चिनी मिलाएपछि चियाको गुण कम हुन जान्छ । 

–दूध मिलाउनाले एन्टी–अक्सिडेन्ट तत्वको एक्टिभिटी पनि कम हुन्छ । 

–चिनी हालेपछि क्याल्सियम पनि कम हुन्छ र वजन बृद्धिमा भूमिका निभाउँछ । 

–यसमा एसिडिटीको आशंका बृद्धि हुन जान्छ । 

–चियामा फाइब्रीन वा एल्ब्युमिन हुनछ । 

कतिबेला पिउने चिया ?

चिया जतिबला पिउन पनि सकिन्छ । तर, बिहान उठ्नेबित्तिकै  र बेलुका सुत्नुअघि चिया पिउनबाट बच्नुपर्छ । 

रातमा सुत्ने र आराम गर्नाले इन्टेस्टाइन (आन्द्रा) सफा हुन्छ । यस्तोमा बिहान उठ्नेबित्तिकै चिया पिउनु राम्रो हुँदैन । मध्यरात चिया पिउनाले निद्रमा समस्या आउनसक्छ ।