सेनालाई तयारी अवस्थामा रहन जंगी अड्डाको निर्देशन - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सेनालाई तयारी अवस्थामा रहन जंगी अड्डाको निर्देशन



काठमाडौं- कोभिड १९ को जोखिमलाई ध्यान दिई सैनिक हेडक्वार्टर जंगी अड्डाले लक डाउनसहितको जटिल अवस्थाको सामना गर्नेगरी पूर्वतयारी गर्न देशभरका आठवटै पृतनालाई निर्देशन दिएको छ।

जंगी अड्डाले कोरोना संक्रमण फैलिएको अवस्थामा उत्पन्न हुनसक्ने परिस्थिति र नागरिकलाई यसको संक्रमणबाट कसरी बचाउने भन्ने विषयमा तयार रहन पृतनाहरुलाई निर्देशन दिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

यो खबर आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन्।

सेनाले विपद् व्यवस्थापन केन्द्र स्थापना गरेर युद्धकार्य निर्देशनालयमार्फत कोरोना भाइरस संक्रमण रोकथाम तथा सम्भावित महामारी न्युनिकरण एवं प्रभावकारी व्यवस्थापनको तयारी गरिरहेको छ।