ट्याक्सी दुर्घटना: एकै परिवारका ५ जना घाइते,तीनको अवस्था गम्भीर - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

ट्याक्सी दुर्घटना: एकै परिवारका ५ जना घाइते,तीनको अवस्था गम्भीर



सिन्धुली : बनेपा-सिन्धुली-बर्दिवास (बीपी) राजमार्गअन्तर्गत सिन्धुली खण्डको कमलामाई नगरपालिका २ मा सवारी दुर्घटना हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

सिन्धुलीको कमलामाई नगरपालिका २ को सेल्फिडाँडा मुनी साेमबार भएको दुर्घटनामा परी पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। घाइतेको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि उनीहरूलाई सेनाको हेलिकाेप्टरबाट काठमाडौं लगिएएको छ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २ च २११३ नं ट्याक्सी दुर्घटनामापरी ३६ वर्षीय अर्जुन तामाङ, उनकी श्रीमती २८ वर्षीया सुनिता तामाङ, ७ वर्षीया छोरी सुप्रिया तामाङ, ३ वर्षीय छोरा अल्वर्ट तामाङ र दाजु ३८ वर्षीय कुमार तामाङ घाइते भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते कुमार,अर्जुन र छोरी सिल्वीलाई काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूलाई ढाड, टाउको र अन्य भागमा ठूलो चोट लागेको छ। अर्जुनले काठमाडाैंबाट अाफै ट्याक्सी चलाएर कमलामाई नगरपालिका १३ रानीवासमा रहेको मुल घरमा दशैं मनाउनका लागि आउँदै थिए। अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भइ ट्याक्सी करिब ४०० मिटर तल खसेको थियो। सामान्य घाइते आमा छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ