राज्यमन्त्री श्रेष्ठकै अस्पतालले राज्यलाई कर नतिरेको खुलासा - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

राज्यमन्त्री श्रेष्ठकै अस्पतालले राज्यलाई कर नतिरेको खुलासा



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासपात्रको रूपमा नियुक्त गरेका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठकै अस्पतालले राज्यलाई कर नतिरेको खुलासा भएको छ ।

राज्यमन्त्री श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालले कर नतिरेको सार्वजनिक भएको हो । जनमैत्री अस्पतालले कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले कर नतिर्ने सूचीमा समावेश गरेको छ।

महानगरले आज प्रकाशित गरेको सूचीमा राज्यमन्त्री श्रेष्ठको अस्पतालको नाम २३औं नम्बरमा रहेको छ। महानगरले कर नतिर्ने ५२ करदाताहरुको सूची आज प्रकाशित गरेको हो।

महानगरको यो सूचीमा अजयराज सुमार्गी पराजुली पनि रहेका छन्। व्यवसायी सुमार्गीको नाम ४९ औं नम्बरमा रहेको छ। महानगरले धेरै अघिदेखि कर उठाउन ताकेता गर्दासमेत असुल नभएपछि सार्वजनिक सूचना जारी गरेको हो।

महानगरले उनीहरुलाई कर तिर्न ३० दिनको अल्टिमेटम दिएको छ। कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए।