अब धार्मिक संघसंस्थालाई पनि कर - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

अब धार्मिक संघसंस्थालाई पनि कर



काठमाडौं – दक्षिणकाली नगरपालिकाले धार्मिक संघसंस्था, भजनमण्डली, चर्च, मन्दिर र गुम्बालाई पनि करको दायरामा ल्याएको छ ।  आजको कान्तिपुरमा समाचार छ ।

धार्मिक संघसंस्थाको गतिविधिको निगरानी तथा तथ्यांक राख्न आर्थिक विधेयकमार्फत स्थानीय तहमातहत ल्याइएको नगरपालिकाको भनाइ छ ।

व्यवसाय सञ्चालन भएकालाई करको दायरामा ल्याउने प्रयास मात्र हो’, नगर उपप्रमुख वसन्ती डंगोल तामाङले भनिन्, ‘सुरुवातमा कम कर लगाएका छौंँ । समयअनुसार बढाउँदै लैजाने तयारी छ।’

नगरको आर्थिक ऐनमा व्यवसाय कर शीर्षकमा गुम्बामा सञ्चालित, होटल, लज, गेस्टहाउस आदिले वार्षिक ५० हजार रुपैयाँ तिर्नुपर्नेछ ।

सिफारिस तथा प्रमाणित दस्तुरका रूपमा धार्मिक विद्यालय चलाउने संघसंस्थालाई पनि निश्चित कर तोकिएको छ ।

त्यसैगरी योग र ध्यान केन्द्र खोल्न अनुमति पाएकाले नगरलाई स्वदेशी सञ्चालकको हकमा तीन हजार र विदेशी सञ्चालक भए १० हजार कर तिर्नुपर्ने उल्लेख छ ।