तौलिहवा अस्पताल विकास समितिको अध्यक्षमा जैसवाल - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

तौलिहवा अस्पताल विकास समितिको अध्यक्षमा जैसवाल



कपिलबस्तु /आभास पौडेल

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका स्थायी निवासी रहेका विजय प्रकाश जैसवाल नेपाल सरकारको मन्त्रीस्तरको निर्णयबाट कपिलवस्तु जिल्लाको तौलिहवा अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्ति गरेको छ। जैसवाललाई आदेश २०६० को दफा ३,२ (क) अस्पताल विकास समिति गठन बमोजिम दुई वर्षको कार्यकाल रहने गरी जैसवाललाई अध्यक्ष पदमा मनोनयन गरिएको छ ।
जैसवाल माओवादी केन्द्रका केन्द्रीय नेता नि हुन।

नवनियुक्त अध्यक्षले अस्पताललाई आवश्यक प्राबिधि र सेवा सुविधा थप गर्न अहम पहल गर्ने अस्पतालको स्तरन्नती सँगै बिरामीहरुलाई मर्का नपर्नेगरी कर्मचारी व्यवस्थापन लगायत बिरामीलाई सहज रूपमा अस्पतालबाट पाउने सुविधाहरू सहजरुपमा उपलब्ध गराउने र बिरामीलाई मर्का नपर्ने गरी कर्मचारी अवश्यक परेमा कर्मचारी थप गर्ने प्रतिबद्धता जनाए ।