तत्काल 'नाइट भिजन हेलिकोप्टर' बाट उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

तत्काल ‘नाइट भिजन हेलिकोप्टर’ बाट उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं : प्रदेश २ का बारा र पर्सा जिल्लामा हावा हुरीबाट ठूलो संख्यामा जनधनको क्षति भएको छ। आइतबार साँझ आएको तेज हावाहुरीबाट घाइते भएका र प्रभावितको उद्दारका लागि काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर तयार राखिएको प्रधानमन्त्रीले जानकारी दिएका छन।

काठमाडौंको एयर बेसमा नाइट भिजन हेलिकोप्टर तयार राखिएको र मौसममा सुधार हुनेबित्तिकै उक्त हेलिकोप्टर राहत लिएर बारा र पर्सा जाने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले हुरीबाट प्रभावितको उद्दारमा लाग्न सुरक्षाकर्मी र पार्टी पंक्तिलाई आह्वान गरेका छन।

बारा र पर्सामा आइतबार साँझ आएको हुरीबाट २७ जनाको मृत्यु भएको छ भने राति परेकाले अझै यकिन विवरण आउन सकेको छैन। प्रहरीका अनुसार यो संख्यामा अझै बढोत्तरी हुनसक्ने सम्भावना छ। हावाहुरीबाट दुवै जिल्लामा ४५० भन्दा बढी घाइते भएका छन।