तरुण दलमा जीतजंग र भुपेन्द्रजंगको युद्ध: सहिद बन्दै सङ्गठन र कार्यकर्ता - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

तरुण दलमा जीतजंग र भुपेन्द्रजंगको युद्ध: सहिद बन्दै सङ्गठन र कार्यकर्ता



काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको विवादले नयाँ मोड लिएको छ । अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीच एक किसिमको युद्धनै चलेको छ ।

एक अर्कामा समन्वय नै नगरी जिल्ला कार्यसमितिहरुलाई परिपत्र गरेपछि चर्किएको विवाद पछिल्लो समय उत्कर्षमा पुगेको छ । उनीहरूको यस्तो व्यबहारले संगठनका पदाधिकारीहरु र कार्यकर्तामा निरासा बढेको छ । भने धेरैलाई संगठनप्रतिको बिश्वास गुमेको छ ।

माऊ पार्टी नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानलाई ‘नौटंकी’ भनेका उनले पार्टीको नीति बिपरित बोलेको भन्दै पार्टीका केहि नेताले कारबाही गर्नुपर्ने माग समेत राखेका थिए ।

अध्यक्ष बस्नेत निलम्बन गरेका संगठनका नेतालाई शाहीले भने निलम्बन फुकुवा गरेका छन् । यस्तै, उनले अध्यक्ष बस्नेतसँग कुनै सल्लाह नगरेर आफू निकटका तरुण नेतालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको समेत खुलेको छ । त्यो पनि सङ्गठनको कुनै निर्णय नै नगरी यस्तो गरेको बताइएको छ ।

महासचिव शाहीले संगठनले कारवाही गरेका तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष सगुन श्रेष्ठको कारवाही फुकुवा गर्दै सीताप्रसाद यादवलाई सप्तरीको जिल्ला अध्यक्ष तोकेर पत्र पठाएका छन् ।

उनले संगठनको विधानविपरीत गरिएको श्रेष्ठमाथिको कारवाही भदौ २४ बाट लागू हुने गरी फुकुवा गरिएको पत्र पठाएका छन् भने यादवलाई तीन महिनाभित्रै जिल्ला अधिवेशन गर्ने म्याण्डेट दिएर यादवलाई सप्तरीको अध्यक्षमा मनोनित गरेका छन् । तरुण दलका अध्यक्ष बस्नेतले सिन्धुपाल्चोकका उपाध्यक्ष श्रेष्ठमाथि संगठनको विधि, विधान, मर्म र भावनाविपरीत कारबाही गरेकोप्रति केन्द्रीय कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको समेत दाबी गरेका छन् ।

यतिमात्र होइन महासचिव साहीले मङ्गलबार भ्रस्टाचारबिरुद्ध भण्डाफोर अभियानको घोषणा गरेका छन् । तर यसमा अध्यक्ष जितजंगको भने समर्थन छैन । त्यतिमात्र होइन यो अभियानमा अध्यक्षले बिमति जनाएको पनि बुझिएको छ ।