तारातालका प्रकाश म्युजिक भिडियो तिर लम्कदै। - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

तारातालका प्रकाश म्युजिक भिडियो तिर लम्कदै।



समीर प्रकाश पाण्डे/बैशाख १६ 

बर्दिया तारातालका प्रकाश नेपाल अहिले म्युजिक भिडियो निर्माणका लागि अधि सरेका छन्। नयन एल्बमको “राजा रानी” बोल रहेको गीतमा रोजी लबुङ राईको शब्द रहेको छ र गीत लाई सङ्गीत वसन्त सापकोटाले दिएका हुन भने स्वर प्रह्लाद तिमलसीना र मिलम अमात्यको रहेको छ।उनको निर्माणमा बन्ने यो पहिलो म्युजिक भिडियो हो भने आगामी दिनहरूमा अझै थुप्रै राम्रा राम्रा भीडियोहरु लिएर दर्शक माझ आउने उनले बताएका छन्।

उक्त गीतका लागी मोडल छनोट को जिम्मा निर्देशक सरोज अधिकारी लाई दिएइएको थियो भने मोडल छनोट कार्य पनि सम्पन्न भएको छ ।जस्मा सरिता अधिकारी र बिराज राईलाई छनोट गरिएको छ भने यही वैशाखको तेस्रो हप्ता बाट सुटिङ सुरु हुने निर्माता नेपालले बताएका छन्। “राजा रानी” बोलको गीत को निर्देशन भने अमन गुप्ता र सरोज अधिकारीले गर्ने छन्।