प्रजातन्त्र सेनानी तारापती सुवेदी चुनावी मैदानमा। - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

प्रजातन्त्र सेनानी तारापती सुवेदी चुनावी मैदानमा।



स्याङ्जा,वैशाख २१।

प्रजातन्त्र सेनानी तारापती सुवेदी यसपालिको आसान्न स्थानीय निकायको चुनावमा नेपाली काङ्ग्रेसको तर्फबाट फेदिखोला गाउँपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ। पाँच दशक लामो राजनीतिक सङ्घर्ष र त्यसका उपलब्धिलाई संस्थागत गरी समग्र फेदिखोला गाउँपालिकाको विकासको लागि आँफुले उम्मेदवारी दिएको वंहाले बताउनु भयो।

सेनानी सुबेदीको जन्म बि.स १९९४ चैत्र १० गते तत्कालीन स्याङ्जा जिल्ला फेदिखोला गा.बि.स वाड न. ७ स्थित कुंडुले भन्ने ठाउँमा भएको थियो। २०१२ साल बाट विद्यार्थी राजनीतिमा उदाएका सुवेदी २०१७ सालमा राजा महेन्द्र को काण्ड पछि आधिकारिक राजनीतिको सुरुवात गर्नुभयो। विभिन्न राजनीतिक घटनाक्रम मा १५ वर्ष जेल जीवन समेत बिताउनुभएका सुवेदी स्याङ्जा जिल्लामा सरल छवि, सिद्धान्त निष्ठ, दृढ अठोट भएका नेता भनेर चिनिनुहुन्छ। बि.पी का विरुद्धमा भएका विभिन्न सात मुद्दामा पनि वहाँको प्रत्यक्ष सामेल समेत रहेको थियो। त्यसताका वहाँको सर्वस्व रोक्का समेत भएको थियो। निरन्तर र अहोरात्र पार्टी बचाउंन लागि पर्ने सुवेदी एक पटक अपर हाउसको नोमिनेटमा पर्नुभएको थियो। दुई कार्यकाल कृषि विकास बैङ्क को बोर्ड मेम्बर भएर काम गर्नुभएको वहाँ लगत्तै TCN ( टिम्बर कर्पोरेसन नेपाल ) को चेयरमेन भएर काम गर्नुभएको थियो।

राजनीतिबाट सामाजिक र शैक्षिक क्षेत्रमा परिवर्तन ल्याउन सकिन्छ भनेर वहाँले शैक्षिक क्षेत्रलाई पनि उतिकै महत्त्व दिई बिधालय भवन निर्माण लगायत व्यवस्थापन समितिको अध्यक्ष भएर शैक्षिक क्षेत्रमा कार्य गरिरहनु भएको छ। परिपक्व नेता सुबेदीले आउँदो दिनमा फेदिखोला गाउँपालिकाको लागि भनेर प्रतिबद्धता पत्र र विकासको खाका समेत उम्मेदवारी दर्ता गर्दै गर्दा प्रस्तुत गर्नुभएको थियो। वहाँले पोखरा लेखनाथ महानगरपालिकको सिमानामा भएर पनि फेदिखोला गाउँपालिकाको आँफुले सोचेअनुरुप विकास नहुनु दुर्भाग्यपूर्ण भएको बताउनु भयो।साना तथा मझौला उधोग, बाटोघाटो, कृषि, बिजुली, फोहोर व्यवस्थापन, पर्यटन विकास लाई उच्चतम प्राथमिकतामा राखेको कुरा वहाँका समकालिनहरु बताउँछन् । फरक सन्दर्भमा सामाजिक सन्जाल मार्फत फेसबुके राजनीति हाबी भएकोमा दुख व्यक्त गर्नुभएको छ।