राजनीतिमा नयाँ तरंग: बालुवाटार पुगेका नेताहरू एता न उता - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

राजनीतिमा नयाँ तरंग: बालुवाटार पुगेका नेताहरू एता न उता



काठमाडौं- सरकारले जारी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नयाँ राजनीतिक तरंग सिर्जना भएको छ ।

यसले नेकपाको विवाद झनै सतहमा आउने देखिएको छ । स्थायी कमिटि बैठकका लागि बालुवाटार पुगेका नेताहरू एता न उता भएका छन् ।

साना साना झुण्ड बनाएर समिक्षा गरिरहेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु पनि अहिले बालुवाटारमै छुट्टै छलफलमा छन् ।

प्रचण्डसंगको छलफलमा ओली निकट मानिएका महासचिव विष्णु पौडेल पनि सहभागी छन् । भने स्थायी कमिटि बैठक भने अन्योल बनेको छ ।