तराई टुक्र्याउने यस्तो रहेछ सिके रावतको 'मास्टर प्लान' ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

तराई टुक्र्याउने यस्तो रहेछ सिके रावतको ‘मास्टर प्लान’ !



काठमाडौं । राज्यविरुद्ध अपराध गरेको आरोपमा रौतहट कारागारमा रहेका सिके रावतलाई थुनामै पठाउने या रिहा गर्ने भन्ने निक्र्योलमा पुग्नुअघि यस प्रकरणको पेनड्राइभ झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । के छ त्यसमा ? कौतुहलतको विषय बन्ने नै भयो ।

पाठकवृन्द, उक्त पेनड्राइभमा रहेको महत्वपूर्ण दस्ताबेज जनआस्थाले फेला पारको छ । नौ वटा फोल्डर रहेको पेनड्राइभमा ४ वटा भिडियो छन् भने ५ वटा तस्बिर समावेश छ । जहाँ मधेस स्वराज संक्षिप्त रोडम्याप शीर्षकमा तीनवटा भिडियो छन् । पहिलो ५ मिनेट ३३ सेकेन्ड, दोस्रो भाग ३८ मिनेट १२ सेकेन्ड लामो र तेस्रो भाग १ घण्टा ३० मिनेट ४२ सेकेन्डको छ । उनले अगग्गै मधेश राज्यको छुट्टै झण्डा र २ मिनेट १५ सेकेन्ड लामो राष्ट्रिय गानसमेत तयार पारेको प्रमाण त्यसैमा छ ।

उनको भिडियो अभिव्यक्ति मधेसी जनतालाई केन्द्रीय सरकारमाथि जाइलाग्न भड्काउने प्रकारको छ । भिडियोको सुरुमै राउतले सुनेको कुरा खुला दिमागले सोच्न आग्रह गरेको छन् । आफ्ना अभिव्यक्तिलाई अमृतवचन भन्दै उनले त्यो सुन्नेले दिमागमा जमेको पुरानो विचारको संज्ञा दिइएको छ । जसलाई फोहोर फालेर राख्नको लागि ढक्कन खोल्न आग्रह गरिएको छ । भनेका छन् ‘हाम्रो हात नेपाली फिरंगीले बाँधिदिएको छ । तसर्थ आजादी ल्याउनको लागि सबैभन्दा पहिला हात खोल्नुपर्छ ।’

केन्द्रीय सरकारले मधेसका जनकपुर, विराटनगर, वीरगञ्जजस्ता नाकाबाट राजस्व उठाउने तर त्यो राजस्व हामीलाई नदिने ? राजस्व उठाउने हामी प्रयोग गर्ने नेपालीले ?’ नेपालीले मधेसको मालपोत, साधन स्रोत, जंगल सबै लिएर गइरहेको तर मधेसीले प्रयोग गर्न नपाइृको भिडियोमा सुन्न पाइन्छ । उनले मधेश स्वतन्त्र बनाउन फिरंगी सेनालाई मधेसबाट फिर्ता गराउनुपर्ने समेत बताएका छन् । भनेका छन् ‘९५ प्रतिशत सेना मधेसबाहिरबाट आएका फिरंगी हुन् । जबसम्म तिनलाई फर्काएर मधेसीलाई नै सेना बनाउन सकिन्न तबसम्म जतिसुकै नयाँ संविधानको कुनै मतलव हुँदैन ।’ आजको जनआस्था साप्ताहिकबाट ।