तराईलाई टुक्र्याएर भारतमा गाभ्न सिके राउत सरकारमा आए :नेता सिंह
बुटवल :नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले मुलुकको राष्ट्रियता अत्यन्तै जटिल मोडमा पुगेकोले सबै नेपाली सचेत हुनुपर्ने बताउनु भएको छ ।
मुलुकको संविधानमा जबर्जस्त सङ्घीयता लाद्नु र स्वतन्त्र मधेसको वकालत गर्ने सिके राउत सँग सरकारले विबादास्पद सम्झौता गर्नुले मुलुकको राष्ट्रियता कमजोर भएको उहाँको भनाइ छ ।अखिल छैठौं पाँच नम्बर प्रदेशको दुई दिने प्रशिक्षण भेलाका सहभागीलाई क्लास दिँदै उहाँले यस्तो बताउनुभएको हो ।अमेरिकामा महिनामै लाखौँ कमाई हुने जागिर छोडेर नेपाल आएका सिके त्यत्तिकै आएका होइनन्,महामन्त्री सिंहले भन्नुभयो,अन्तर्राष्ट्रिय साम्राज्यवादको आग्रहमा नेपाल आएर देश टुक्राउने उनको षड्यन्त्र हो,त्यसैमा तराईलाई अलग गरी आफ्नो देशमा गाभ्ने भारतको पहिले देखिको योजना हो,सोही अनुसार भारतको पनि उक्सहटमा स्वतन्त्र मधेसको विद्वदेस फैलाउने सिके सँग सरकारले गरेको सहमतिले यति बेला सबै नेपालीलाई सषन्कित बनाएको छ उहाँले अगाडि थप्नुभयो,त्यस कारण राष्ट्र टुक्राउने सबै खाले शक्तिसँग सम्झौताहीन सङ्घर्ष गर्न म अपिल गर्दछु ।
वर्तमान राष्ट्रिय परिस्थितिमा अखिल छैठौंको भूमिकाको बारेमा विद्यार्थीलाई प्रशिक्षित गर्नको निम्ति बुटवलमा प्रशिक्षणको आयोजना गरिएको आयोजकले जनाएको छ ।नयाँ नेतृत्व चयन गर्दै भोलि समापन हुने दोस्रो प्रदेश भेलाको उद्घाटन सत्रमा अखिल छैठौंका केन्द्रीय महासचिव महेश जोशी,पूर्व महासचिव तथा राष्ट्रिय जनमोर्चाका नेता सुरेश थापा,केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर,राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव सन्त बहादुर नेपाली,अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य दुर्गानाथ खरेल,अन्टुक रुपन्देही अध्यक्ष नारायण जी.सी.,जातीय समता समाजका रुपन्देही अध्यक्ष दिल प्रसाद नेपाली,युवक सङ्घका रुपन्देही कोषाध्यक्ष मिलन पोख्रेल र रक्तिम सांस्कृतिक अभियानका विष्णु के.सी.ले कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।भेलामा प्रदेश ५ का १२ वटै जिल्लाबाट झन्डै एक सय जना छैठौंका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको अखिल छैठौं प्रदेश ५ का अध्यक्ष गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।