तराईको कहरले पूर्वराजा स्तब्ध
पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार राति भएको हावाहुरीबाट भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
विगत केहि दिनदेखि पूर्वको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार विहान एक समवेदना सन्देश जारी गर्दै आइतबार साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षति भएको दुखद खबरले स्तब्ध भएको बताएका छन् ।
उनले सन्देश भनिएको छ, ‘प्राकृतिक बिपदको घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पीडित जनहरूमा समबेदना प्रकट गर्दछु । साथै घाईतेहरूको शीध्र स्वास्थलाभको कामना पनि गर्दछु ।’