सूर्यको भरमा मधेसी नेता : छुट्टै प्रतिबद्धतासहित माग्छन् भोट - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

सूर्यको भरमा मधेसी नेता : छुट्टै प्रतिबद्धतासहित माग्छन् भोट



काठमाडौं-

एमालेसँग राजनीतिक गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका तराई केन्द्रित स्वतन्त्र राजनीतिक समूहका चार नेताका लागि यो चुनाव प्रतिष्ठाको विषय बनेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

राष्ट्रिय जनता पार्टीबाट विद्रोह गरी एमालेको चुनाव चिह्न सूर्य लिएर मैदानमा उत्रिएका हृदयेश त्रिपाठी, बृजेशकुमार गुप्ता, ईश्वरदयाल मिश्र र पशुपतिदयाल मि श्रले यसपटकको चुनावमा मधेस आन्दोलनका सहयात्रीसँगै प्रतिस्पर्धा गर्नुलाई राजनीतिक अस्तित्वसँग जोडेर हेरिएको छ। उनीहरूले असोज १६ गते दुई बुँदे सम्झौता गरी एमालेसँग चुनावी गठबन्धन गरेका थिए।

प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ बाट उम्मेदवार बनेका त्रिपाठीका साथै अन्य नेताको प्रतिस्पर्धा विगतका सहयात्रीसँगै छ।

त्रिपाठी, नेपाल सद्भावना पार्टीवाट संसदीय निर्वाचनमा तीनपटक विजयी भएका थिए। संविधानसभा निर्वाचनमा भने तमलोपाबाट कांग्रेसका देवकरण कलवारलाई झिनो मतान्तरले पराजित गरेका थिए।

गुप्ता र मि श्रद्वयले प्रतिनिधिसभाका लागि नारायणी पश्चिमका तीन स्थानमा उम्मेदवारी दिएका छन्। एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिस्पर्धामा उत्रिए पनि छुट्टै प्रतिबद्धतासहित उनीहरू भोट मागिरहेका छन्।

राष्ट्रिय जनता पार्टीमा अपमानपूर्ण व्यवहार भएकाले विद्रोह गर्न बाध्य हुनुपरेको उनीहरूको भनाइ छ। पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गृहनगर बाँके, क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका पशुपति दयाल मि श्र दुई दशक लामो राजनीतिक यात्राको अग्निपरीक्षामा छन्।