तारा एयर विश्वकै सबैभन्दा असुरक्षित एयरलाइन्स - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

तारा एयर विश्वकै सबैभन्दा असुरक्षित एयरलाइन्स



काठमाडौं– संसारका खतरनाक एयरलाइन्सहरुमा नेपालको दुईवटा एयरलाइन्स परेका छन्। जसमा नेपालको दुर्गगम क्षेत्रमा उडान गर्दै आएको तारा एयर र सरकारी स्वामित्वको नेपाल एयरलाइन्स रहेका छन्।

विश्वको चर्चित म्याग्जिन फोब्र्सले गरेको अध्ययनमा सन् २०१९को खतरनाक एयरलाइन्समा स्वर्गीय पर्यटन व्यवसायी आङछिरिङ शेर्पा परिवारको लगानीमा रहेको तारा एयर नम्बर १ मा परेको हाे।

यसैगरी सरकारी स्वामित्वकै राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्स पनि खतरनाक एयरलाइन्सको सूचीमा रहेको छ। फोब्र्सले ७ वटा ताराको मापन मान्दै गरेको अध्ययनमा तारा एयर खतरनाक एयरलाइन्सको सूचीमा परेको हो।

तारा एयरले ७ तारा मध्ये एक तारा मात्रै पाउँदै विश्वकाे नम्बर १ खतरनाक एयरलाइन्समा परेको फोब्र्सको अध्ययनले देखाएको छ।

यसैगरी दोस्रोमा नेपाल एयरलाइन्स रहेको छ भने तेस्रोमा एरियान अफगान एयरलाइन्स परेको छ। साथै चोथौमा ब्लुइङ एयरलाइन्स, पाँचौंमा काम एयर, छैठौमा ट्रिगान एयर र सातौंमा एससिएटी रहेको फोब्र्सको अध्ययनमा उल्लखे छ