तारा एअरको जहाज भित्रै यात्रुको मृत्यु - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

तारा एअरको जहाज भित्रै यात्रुको मृत्यु



मुगु । रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रुको मृत्यु भएको छ।

शनिबार दिउँसो साढे १२ बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको नाइन एन एइटी कल साइनकलको उडान नम्बर ७१६ जहाजमा यात्रुको मृत्यु भएको हो।

मुगु सोरु गाँउपालिका(८ गिलाहाँ गाउँका अन्दाजी ३८ वर्षीय धीरबहादुर शाहीको जहाजमै मृत्यु भएको आफन्तले बताएका छन्।

यता तारा एयरलाइन्स नेपालगञ्ज स्टेसनका स्टेसन म्यानेजर सूर्यमणि सुवेदीले भने यात्रु जहाजभित्र अचेत भएको खबर आएपछि तत्काल उनलाई अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको बताएका छन्।

रारा विमानस्थल तारा एयरका स्टेशन इन्चार्ज शेरबहादुर भामले विरामीलाई प्राथमिकता दिने प्रावधान अनुसार मृतक शाहीका आफन्तलाई विरामी मन्जुरीपत्रमा हस्ताक्षर गराई तारा एअरको उडानबाट पठाइएको बताए।

उता मृतकका दाइ नन्दबहादुर शाहीले भने भाइलाई जहाजमा पठाएर आफू घर फर्किदै गर्दा फेरि बोलाएर कागज गराइएको बताएका छन्। -अन्नपूर्ण पोस्टबाट / फाइल तस्वीर: