तपईलाई टन्सिल भएको छ ? घरमै छ औषधी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

तपईलाई टन्सिल भएको छ ? घरमै छ औषधी



एजेन्सी । घाँटिको भित्र पट्टीको भागमा ब्याक्टेरियल इन्फेक्सन हुनुलाई टन्सिलाइटिस वा सामान्य भाषामा टन्सिल भएको मानिन्छ । मौसम बदलिनाले धेरैजसो टन्सिलको समस्या आँउछ ।

सामान्यतया चिसो मौसममा धेरै मानिसहरुलाई यो समस्याले सताएको हुन्छ । यसबाट बच्नको लागि हामीले यसको लक्षण र यसको उपचारको बारेमा थाहा पाइराख्नुपर्ने हुन्छ ।

टन्सिलको लक्षणः

सामान्यतया टन्सिल हुनाले घाँटिमा खसखस हुन्छ र दुखाई महसुस हुन्छ । यसको साथै टन्सिल्स बढ्नाले कहिलेकाँही आसपासको तन्तुहरुमा संक्रमणको कारण पिप निस्कछ ।

त्यसको कारणले दुखाई धेरै नै बढि हुन्छ र केही खानेकुरा निल्न पनि गाह्रो हुन्छ । सही समयमा यसको उपचार भएन भने यो धेरै नै घातक हुन सक्छ ।

उपचारको घरेलु तरिकाः

टन्सिलबाट बच्नको लागि कुल्ला गर्नु सबैभन्दा राम्रो उपचार हो । यी ५ घरेलु तरिका अपनाउनु भयो भने तपाईले सजिलै नै टन्सिलको समस्या समाधान गर्न सक्नुहुन्छ ।

१. अदुवा

तातो पानीमा कागतीको रस र ताजा अदुवा पिसेर मिसाउनुहोस । यस पानीलाई हरेक घन्टा कुल्ला गर्नुहोस । यो तातो हुनाले आराम दिलाउन मद्धत गर्छ । यसको अलावा अदुवा राखेको चिया पिउनाले पनि आराम मिल्छ ।

२. दुध

काँचो मेवाको दुध मिसाएर कुल्ला गर्नाले पनि टन्सिल्सबाट आराम मिल्छ । यसबाहेक एक कप तातो दुधमा आधा चम्चा पिसेको बेसार मिसाएर पिउनाले पनि चाँडो टन्सिल ठीक हुन्छ ।

३. नुन पानीले कुल्ला

घाँटीको समस्याको लागि नुन धेरै नै उपयोगी हुन्छ । मनतातो पानीमा एक चम्चा ढिका नुन मिसाएर कुल्ला गर्नाले ब्याक्टेरिया मर्छन् र तपाईलाई आराम मिल्छ ।

४. मह

तातो वा मनतातो पानीमा कागतीको साथमा मह मिसाएर प्रयोग गरेमा घाँटिको दुखाई धेरै नै कम हुन्छ र टन्सिल पनि छिट्टै ठिक हुन्छ ।

५. लसुन

उम्लिरहेको पानीमा केही पोटी लसुन हालेर राम्रोसँग उमाल्नुहोस । यो पानी हल्का चिसो भएपछि कुल्ला गर्नुहोस । यसले घाँटिको खसखस पनि ठिक हुन्छ र गन्धको समस्या पनि ठिक हुन्छ ।