तानसेनमा जीपको ठक्करबाट २ को मृत्यु ,एक गम्भीर घाइते - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

तानसेनमा जीपको ठक्करबाट २ को मृत्यु ,एक गम्भीर घाइते



पाल्पा । जिल्लाको तानसेन नगरपालिका ४ बडिज्ञानटोलमा जीपले ठक्कर दिदा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

आईतबार तानसेनको हुलाकचोकदेखि बसपार्कतर्फ जाँदै गरेको ग १ च ६७४८ नम्वरको डबल क्याप पिकअप जीप ओरालोमा अनियन्त्रित भई बाटोमा हिडिरहेका यात्रुहरुलाई ठक्कर दिएको थियो ।

ठक्करबाट बगनासकाली गाउँपालिका ३ का ९ महिनाका निसान बस्यालको आईतबार नै मृत्यु भएको र घाईते तानसेन नगरपालिका ६ बर्तुङ्ग विवासी ४८ वर्षिय कमला पाण्डेको मिसन अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाईते हुनेहरुमा बगनासकाली गाउँपालिका ३ की २६ वर्षीय लक्ष्मी बस्याल, बगनासकाली ३ कै ५ वर्षका नविन बस्याल, नवलपरासी घर बताउने ५२ वर्षका रामजी चौधरी, तानसेन नगरपालिकाका भुकम्प शाखामा कार्यरत बाबुराम राउत रहेका छन् ।

घाइते मध्ये लक्ष्मी बस्यालको अवस्था गम्भीर रहेको र उनको थप उपचारका लागि काठमाडौं पठाउन थालिएको प्रहरीले जनाएको छ । घाईते बाबुराम बाहेक अन्यको युनाइटेड मिसन अस्पतालमा उपचार भईरहेको छ ।

जीपले सोही स्थानमा पार्किङ्ग गरेर राखिएका ४ मोटरसाइकल र ३ वटा स्कुटीमा पनि ठक्कर दिदा क्षति पुगेको छ ।