पाल्पा मदनपोखराकी ३० वर्षीया महिलाको कोरोनाबाट मृत्यु - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

पाल्पा मदनपोखराकी ३० वर्षीया महिलाको कोरोनाबाट मृत्यु



पाल्पा- कोरोना भाइरस संक्रमणबाट पाल्पाकी एक ३० बर्षीया महिलाको ज्यान गएको छ ।

पाल्पा तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारकै क्रममा ज्यान गएको हो ।

भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना देखिएपछि उनी सोही दिनदेखि आइसोलेसनमा उपचाररत थिइन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बेलुका ६ः३० बजे उनको मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिएका छन् ।

ती महिला मुटु रोगी समेत रहेको शाक्यले बताए ।