तनहुँमा सडक पुरै भासियो

काठमाडौँ-तनहुँको घाँसीकुवा नहाला सडकमा पहिरो जाँदा सडक पुरै भासिएको छ । पोखरा–खैरेनी आवतजावत हुने तनहुँको बन्दीपुर गाउँपालिका–१ घाँसीकुवा नहाला सडकमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।
मंगलबार बिहान ८ बजेतिर सडकको पक्की भाग पुरै भासिएको बताइएको छ । सडक भासिएसँगै कुनै पनि सवारी सधान चलेको छैन ।
हाल उक्त स्थानमा अर्को नयाँ ट्रयाक खोलेर बाटो सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।
अविरल वर्षाका कारण नेपालका धेरै सडकमा पहिरो गएको छ भने कैयौं बस्तीहरू डुबानमा परेका छन् ।

