पुर्वमन्त्री शेरबहादुर तामाङ फेरी लफडामा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पुर्वमन्त्री शेरबहादुर तामाङ फेरी लफडामा



पूर्वमन्त्री एवं नेकपा सांसद शेरबहादुर तामाङविरुद्ध उच्च अदालत पाटनले एक मुद्दामा कारणदेखाउ आदेश जारी गरेको छ ।

सिन्धुपाल्चोक–२ बाट निर्वाचित सांसद तामाङले सांसद विकास कोषको रकम दुरुपयोग गरेको भन्दै परेको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो । सांसद विकास कोषको रकम खर्च गरिएको विषयमा सूचना माग्दा नदिएको भन्दै उनीविरुद्ध निरोज चौलागाँईले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

न्यायाधीश नरेन्द्रकुमार शिवाकोटीको इजलासले सूचना लुकाउनुपर्ने कारण खुलाएर १५ दिनभित्र लिखित जवाफ पेस गर्न तामाङका नाममा आदेश दिएको हो । तामाङले नियमविपरीत सांसद विकास कोषको रकम खर्च गरेको दाबी रिट निवेदकको थियो ।