लोडसेडिङको तालिका सार्वजनिक: उपभोक्ता त्रसित - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

लोडसेडिङको तालिका सार्वजनिक: उपभोक्ता त्रसित



काठमाडौं-
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हुँदैन भनिरहेका बेला जुम्लामा भने लोडसेडिङको तालिका नै सार्वजनिक भएको छ । नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडसेडिङ तालिका सार्वजनिक गरेको हो।

तालिकामा जनाइए अनुसार जुम्लाका टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा १२ बजेदेखि साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने जनाइएको छ।

त्यतिमात्र होइन, विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने छ।

सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावर हाउस पनि बन्द रहने प्राधिकरणले जनाएको छ।

तत्कालिन प्राधिकरण प्रमुख कुलमान घिसिङको बहिर्गमन लगत्तै नेपाल्का विभिन्न स्थानमा अघोशीत लोडसेडिङ भैरहेका बेला जुम्लाको सुचनाले भने देशभरका उपभोक्तालाई तर्साएको छ ।

उता नयाँ उर्जामन्त्री बनेका टोपबहादुर रायमाझीले भने आफैले लोडसेडिङ हताएको र अब लोडसेडिङ नहुने ठुला ठुला भाषण गर्दै हिँडिरहेका छन ।

यसअघि टोपबहादुर कै पालामा नेपालमा सबैभन्दा बढी समय लोडसेडिङ हुने गरेको थियो ।