तक्मा वितरणमा राणाकालीन र पञ्चायती शैली - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

तक्मा वितरणमा राणाकालीन र पञ्चायती शैली



संविधान दिवशमा मानपदवी, अलंकार र पदक पाउने जम्बो टोलीका सबैजसो पहुँचवाला छन्।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापान भएर कार्यान्वयनमा आएको ३ वर्ष पुग्यो। तर तक्मा वितरणमा पञ्चायती र राणाकालीन शासनको झल्को भने हटेको छैन। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सागर पण्डितले लेखेका छन्।

सरकारले संविधान दिवशमा बुधबार ५ सय १८ जनालाई विभूषित गरेको छ। पदक पाउनेमा दूरदराजमा रहेर राष्ट्रसेवा गरेकाको संख्या अत्यन्तै न्यून छ।

गृहमन्त्रालको विभूषण शाखाका अनुसार तक्मा वितरणमा मात्रै वार्षिक ८ करोड रुपैयाँ खर्च हुँदै आएको छ। तक्माको मूल्य २० हजारदेखि १३ लाख रुपैयाँसम्म पर्छ।