ताइवानका प्रधानसेनापति बेपत्ता - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ताइवानका प्रधानसेनापति बेपत्ता



काठमाडौं- ताइवानका प्रधानसेनापति शेन यी मिङ एकाएक बेपत्ता भएको खबर अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

बिहिबार बिहान न्यू ताइपेई सहरको पहाडी क्षेत्रमा उनीसहित १३ जना ‘ब्ल्याक हक’ हेलिकप्टरको आकस्मिक अवतरणपछि उनीसहित ३ जना बेपत्ता भएको बताइएको छ ।

ताइवानको वायु सेनाका जनरलसमेत रहेका शेन यी मिङसहित ३ जना बेपत्ता भएको र अन्य १० जना भने जीवितै भेटिएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।

बेपत्ताको खोजी जारी रहेको मन्त्रालयले जनाएको। ताइवानमा आगामी जनवरी ११ मा राष्ट्रपतीय तथा संसदीय निर्वाचन हुन लागेको छ।

यो चुनावलाई बेइजिङसँगको सम्बन्धका बारेमा जनमतसंग्रहका रुपमा पनि हेरिएको छ।