इमरानको घातक बलिङ : अफगानिस्तान सस्तोमा अलआउट - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

इमरानको घातक बलिङ : अफगानिस्तान सस्तोमा अलआउट



एजेन्सी – स्पिनर इमरान ताहिरले घातक बलिङ गरेसँगै एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको छ ।

कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३४.१ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो । अफगानिस्तानले २० ओभरमा ६९ रन जोड्न २ विकेट गुमाएको अवस्थामा केहि समय वर्षाले खेल रोकिएको थियो । जसमा २ ओभर छोट्उदै ४८ मा भारिएको थियो ।

अफगानिस्तानका लागि ओपनर नुर अली जदरानले ३२ र राशिद खानले ३५ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर हज्रतुल्ला जजाई र नुर अली जदरानले ८.२ ओभरमा ३९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । कागिसो रबाडाले रस्सि भान डर दुसेनबाट २२ बलमा जजाईलाई आउट गरे । १६ ओभरको पहिलो क्रिस मोरिसले रामथ शाहलाई ६ रनमा एलबीडब्लू आउट गरे ।

हशमतुल्ला शाहिदी ८, पुर्व कप्तान अस्गर अफगान डक,मोहम्मद नाबी १ कप्तान गुलबदीन नाईब ५ रनमा आउट भएपछि अफगानिस्तान ७७-७ को कमजोर अवस्थामा पुगेको थियो । राशिद खानले आक्रम ब्याटिङ गर्दै २५ बलमा ६ चौका सहित ३५ रन जोडेपछि अफगानिस्तान सम्मानजनक अवस्थामा पुगेको थियो ।

दक्षिण अफ्रिकाका लागि स्पिनर इमरान ताहिरले ७ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । क्रिस मोरिस ३,एन्डिलो फहवकुवलो २ र कागिसो रबाडाले १ विकेट हात पारे ।