गुल्मीको रुरुक्षेत्रमा पहिरोको कारण एकै घरका चारको मृत्यु - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

गुल्मीको रुरुक्षेत्रमा पहिरोको कारण एकै घरका चारको मृत्यु



गुल्मी- गुल्मीमा पहिरोले एकै घरका चार जनाको मृत्यु भएको छ । रूरूक्षेत्र गाउँपालिका ५ मा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको हो।

रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझी (बोटे) को घर पहिरोले पुरिएको हो।

माथिबाट खसेको पहिरोसहितको ढुंगाले घर पुरिँदा माझीकी पत्नी ३० वर्षीया बिना माझी (बोटे), उनका छोराहरु ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु प्रहरीले जनाएकाे छ।

‘गए राति करिब आठ बजेको घटना हो,’ गुल्मीका प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले शनिबार बिहान नेपालखबरसँग भने, ‘आमा र छोराछोरीसहित परिवारका चारै जनाको घटनास्थलमै मृत्यु भएको छ।’

बिनाका पति राजु माझी (बोटे) भने रोजगारीको सिलसिलामा भारतमा छन्। उद्धारका इलाका प्रहरी कार्यालय रिडी र जुहाङबाट प्रहरी टोली राति नै घटनास्थलमा पुगेको एसपी खड्काले जानकारी दिए।