टी -२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा भारत ५ विकेटले विजयी - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

टी -२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा भारत ५ विकेटले विजयी



वेष्टइण्डिजसँगको तीन टी -२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको छ।

वेष्टइण्डिजले दिएको १ सय १० रनको सामान्य लक्ष्य पक्ष्याएको भारतले ५ विकेटको क्षतिमा १७.५ ओभरमा लक्ष्य पूरा गर्दै शृंखलामा १-० को अग्रता लिएको छ।

भारतको जितमा विकेटकिपर दिनेश कार्त्तिकले ३१ तथा क्रुनाल पाण्ड्याले २१ रनको योदान दिए। ३४ बल खेलेका कार्तिकले ३ चौका र १ छक्का सहित नट आउट रहँदा त्यस्तै टी-२० क्रिकेटमा डेब्यु गरेका क्रुनाल पाण्ड्याले ९ बलमा ३ चौका प्रहार गर्दै नटआउट रहे।

मनिष पाण्डे १९ र केएल राहुल १६ रनमा आउट भए। कप्तान रोहित शर्माले ६ रन बनाउँदा शिखर धवन ३ तथा ऋषव पन्तले १ रन मात्र जोड्न सके। वेष्टइण्डिजका लागि कार्लोस ब्रेथवेट र ओशेन थोमशले समान २-२ विकेट लिएका थिए।

यसअघि कोलकत्ताको इडेन गार्डेन मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइण्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ रन मात्र बनायो।

वेस्ट इन्डिजका लागि फैबियन एलनले २७, किमो पाउलले १५ तथा किरन पोलार्ड र शाई होपले समान १४-१४ रन बनाए। त्यसबाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन्।

वेस्ट इन्डिजलाई सस्तैमा रोक्न भारतका कुलदिप यादवले ३ विकेट लिए। ४ ओभर बलिङ गरेका यादवले १३ रन खर्चेर ३ विकेट लिए भने क्रुनाल पाण्डे, जसप्रित बुमराह, खालिल अमिद र उमेश यादवले समान एक विकेट लिए।

यो जितसँगै शृंखलामा भारतले अग्रता लिएको छ। यी दुई टोलीबीच दोस्रो टी-२० खेल मंगलबार हुनेछ। यसअघि पाँच वान डे श्रृंखला भारतले ३-१ ले जितेको थियो।