सिन्डिकेटवाला यातायात व्यवसायीका बैंक खाता खुले - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सिन्डिकेटवाला यातायात व्यवसायीका बैंक खाता खुले



काठमाडौं- नेपाल राष्ट्र बैंकले एक वर्ष रोकेको यातायात व्यवसायीका बैंक खाता खुला गरेको छ। राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाका नाममा सूचना जारी गर्दै यातायात व्यवसायीका खाता खुला गर्न भनेको छ।

सरकारले गत चैतमा यातायात क्षेत्रमा लामो समयदेखि रहेको सिन्डीकेट अन्त्य गर्ने घोषणा गरेसँगै यातायात समितिका नाममा भएका बैंक खाताहरु पनि रोक्का गरेको थियो।

सिन्डिकेटको अन्त्यसँगै सरकारले यातायात समितिलाई कम्पनीमा जान अनिवार्य गरेको थियो। त्यसयता यातायात व्यवसायी तथा त्यससँग सम्बन्धित समितिहरु कम्पनीमा गएपछि सरकारले बैंक खाता खोल्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले साविक याायात व्यवसायी समितिका नाममा रहेको चल अचल सम्पत्ति (बैंक खातामा रहेको रकम) त्यस्ता समितिहरु कम्पनीमा दर्ता भई रुपान्तरण भएको हकमा रुपान्तरित कम्पनीको खातामा सार्ने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार प्रदेश १ का ३२ ओटा, प्रदेश २ का १० ओटा, प्रदेश ३ का ११८ ओटा, प्रदेश ४ का २४ ओटा, प्रदेश ५ का ५० ओटा, प्रदेश ६ का १२ ओटा र प्रदेश ७ का ९ ओटा गरी कुल २ सय ४५ ओटा खाता खुला गरेको छ।