स्याङ्जामा पनि सल्कियो कोरोना संक्रमण: पहिलो पटक दुई जनामा पुष्टि - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

स्याङ्जामा पनि सल्कियो कोरोना संक्रमण: पहिलो पटक दुई जनामा पुष्टि



काठमाडौं- कोरोना भाइरसबाट संक्रमित हुने जिल्लामा स्याङ्जा पनि थपिएको छ। मंगलबार जिल्लामा पहिलो पटक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्याङ्जाका निमित्त प्रमुख जिल्ला अधिकारी धुव्र गिरीले भारतबाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

वालिङस्थित सामुदायिक क्वारेन्टाइनमा रहेका संक्रमित दुवैजना पुरुष हुन्। उनीहरु जेठ १० गते भारतबाट आएका थिए। उनीहरुको सोमबार पोखरास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण भएको थियो।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या सात पुगेको छ। यसअघि गण्डकीका बागलुङमा २, पूर्वी नवलपरासीमा २ र लमजुङका एक जनामा कोरोना देखिएको थियो।

उनीहरुमध्ये बागलुङका २ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको काठमाडौं र दुईजनाको चितवनमा उपचार भइरहेको छ।