स्याङ्जा क्षेत्र नं - २ मा गोपालमान श्रेष्ठ र प्रदेश सभामा प्रकाश मल्ल चुनाव लड्ने निश्चित - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

स्याङ्जा क्षेत्र नं – २ मा गोपालमान श्रेष्ठ र प्रदेश सभामा प्रकाश मल्ल चुनाव लड्ने निश्चित



विश्वास पुरी स्याङ्जा।

आगामी केन्द्रीय सभाको चुनाव स्याङ्जा क्षेत्र नं – २ बाट स्याङ्जाको अभिभावक अग्रज नेता नेपाल सरकारका उप-प्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र क्षेत्र नं – २ (ख) प्रदेश सभामा तरुण नेता भागबत प्रकाश मल्ल चुनाव लड्ने लगभग निश्चित जस्तै रहेको छ ।

२०४८ को प्रतिनिधि सभा २०५६ को संसदीय निर्वाचन २०६४ को संविधान सभाको निर्वाचनमा विजयी भएका श्रेष्ठ २०५१ को संसदीय निर्वाचनमा आफ्नै पार्टीका सूर्य प्रसाद रेग्मी बागी उठेपछि श्रेष्ठ पराजित भएका थिए । २०७० को संविधान सभाको निर्वाचनमा समानुपातिक बसेर अभिभाबकिय भूमिका खेल्दै पार्टी सभापति निबर्तमान सांसद कमल प्रसाद पंगेनीलाई अघि सारेका श्रेष्ठ यसपालि चुनाव लड्ने मनस्थितिका साथ आफू निकटलाई बताउँदै आएका छन् ।

आफू अन्तिम पल्ट चुनाव लड्ने भएकोले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । बाम गठबन्धन भएका कारण पनि काँग्रेसका वरिष्ठ नेताहरू चुनाव लड्ने केन्द्रीय कार्य समितिको बैठकमा समेत बताएका थिए । श्रेष्ठ आफू चुनाव लड्ने भएपछि अन्य आकांक्षीहरूलाई मिलाउने चुनौती भने उनलाई त्यत्तिकै रहेको छ । क्षेत्र नं २ (ख) प्रदेश सभामा भने तरुण नेता भागबत प्रकाश मल्ललाई चुनाव लडाउने लगभग निश्चित जस्तै भएको छ । मल्ल स्याङ्जाली जनता र तरुण युवाहरू माझ निकै लोकप्रिय रहेका छन् । मल्ल बाहेक अरूले चुनाव जित्न हम्मे हम्मे पर्ने भएकोले पार्टीले तरुण नेता मल्ललाई लगभग टिकट दिने निश्चित जस्तै रहेको बताईको छ ।