स्वर्गीय रवि प्रकाश महतोको परिवारलाई एम.जी.एममा कार्यरत नेपालीहरूबाट आर्थिक सहयोग। - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

स्वर्गीय रवि प्रकाश महतोको परिवारलाई एम.जी.एममा कार्यरत नेपालीहरूबाट आर्थिक सहयोग।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

मिति २०१७/७/१२ तारीक बुधवारका दिन मकाउमा ह्रदयघातका कारण मृत्युबरण गर्नु भएका मकाउ म्यानेजमेन्ट कम्पनीमा कार्यरत स्थायी घर चितवन माडी नगर पालिका वडा नं २ बगौडाका छन्नु महतोको छोरा मृतक रवि प्रकाश महतोको नामबाट परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्य राख्दै गैर आवासीय नेपाली सङ्घ मकाउले थालेको आर्थिक सङ्कलन अभियानमा एम.जी.एम क्यासिनोमा कार्यरत नेपालीहरूबाट मोप ६,१५०(ने.रु ८१,०००)एम.जी.एममा कार्यरत कर्ण बहादुर अधिकारी,कृष्ण अधिकारी र शिव कुमार पन्तको उपस्थितिमा सङ्घका अध्यक्ष मुकेश कुमार बरूवाललाई आर्थिक हस्तान्तरण गरेको छ।

विगत देखि नै सामाजिक कार्यहरूमा सहयोग गर्दै आएका एम.जी.एममा कार्यरत नेपालीहरूले आउँदा दिनहरूमा पनि सहयोग गर्ने छन्।सहयोगी हातहरू प्रति गैर आवासीय नेपाली सङ्घ मकाउ हार्दिक आभार प्रकट गरेको छ ।