स्विस बैंकमा ३३ अर्ब राख्ने नेपाली को हुन् ? - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

स्विस बैंकमा ३३ अर्ब राख्ने नेपाली को हुन् ?



राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद लिङ्देनले नेपालबाट ठुलो परिमाणमा सम्पत्ति बाहिर जाने काम भएको भन्दै त्यसको छानविन गरि सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले पञ्चायतकालमा स्विस बैंकमा राजारानीले पैसा जम्मा गरे भन्ने हल्ला सुन्ने गरेको भन्दै विदेशका बैंकमा पैसा जम्मा गर्नेलाई नयाँ राजारानीको संज्ञा पनि दिए।

उनले भने, “केटा केटी भएको बेला गाउँतिर सुन्थ्यौं, नेपालको सारा सम्पत्ति यो देशका राजारानीले स्वीस बैंकमा लगेर राखेका छन्। त्यो ल्याएर बाँड्यो भने पनि हरेक नेपालीलाई ४/४ तोला सुन पुग्छ भन्थे, तर नेपालमा राजतन्त्र औपचारिक रुपमा समाप्त भएपछि सन् २००८ देखि २०१७ सम्ममा झण्डै ३३ अरब भन्दा बढी नेपाली सम्पत्ति नेपालबाट स्विस बैंकमा जम्मा भएको भनेर प्रचारमा आएको छ। अहिले नेपालमा नयाँ राजा रानीको जन्म भएछ। ती राजा रानी चिन्न पाए हुन्थ्यो। यसबारेमा सरकारले छानविन गरोस् भन्ने माग गर्न चाहन्छु।”

यस्तै, उनले संसदमा रहेका चार दललाई उपेक्षा गर्दै संसदीय सुनुवाई समिति गठन गरिएकोमा पनि आपत्ति जनाए। उनले दलहरुलाई निषेध गर्ने क्रियाकलाप बन्द गर्न पनि माग गरे।