ओलीको टुक्का जस्तै श्वेतपत्र पनि मजाक हो: रामशरण महत - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

ओलीको टुक्का जस्तै श्वेतपत्र पनि मजाक हो: रामशरण महत



चितवन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताएका छन्।

नेपाली कांग्रेस चितवनले आज आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई एकदिने प्रशिक्षण कार्यक्रममा उनले उच्च मनोबलका साथ संगठन विस्तारमा जुट्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

नेता महतले संगठन बलियो बनाएमा आउँदो निर्वाचनमा कांग्रेस विजयी हुने बताउँदै त्यसका लागि गाउँ तहदेखि केन्द्रीय तहसम्म संगठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। ‘कांग्रेसले प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘पार्टीभित्र म नै केन्द्रविन्दुमा रहनुपर्छ भन्ने भावनाको विकास भएकाले अहिलेको निर्वाचनमा पराजय भोग्नुपरेको हो।’

पूर्व अर्थमन्त्रीसमेत रहेका महतले सरकारले जारी गरेको श्वेतपत्र हास्यास्पद रहेको टिप्पणी गर्दै वामपन्थी सरकारमा आएपछि विभिन्न बहानाबाट बङ्गाएर श्वेतपत्र जारी गरिएको आरोप लगाए।