नायिका श्वेता खड्काले विजयेन्द्रसंग मंसिर २२ मा विवाह गर्ने - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

नायिका श्वेता खड्काले विजयेन्द्रसंग मंसिर २२ मा विवाह गर्ने



काठमाडौं- नायिका श्वेता खड्काको विवाह हुने भएको छ । मंसिर २२ मा उनी वैवाहिक जीवनमा बाँधिने भएकी हुन्।

बिहेका लागि निम्तो कार्डसमेत बाँढिएको छ। धनगढीका विजयेन्द्रसिंह रावतसँग नायिका खड्काको बिहे हुने पक्का भएको हो।

काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा नायिका खड्काको वैवाहिक कार्यक्रम हुने नातेदार र आफन्तलाई बाँढिएको कार्डमा उल्लेख छ।

विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेकोसमेत चर्चा चलेको थियो। तर नायिका खड्काले यसअघि आफू प्रेममा नरहेको दाबी गर्दै आएकी थिइन्।

चलचित्र ‘कहाँ भेटिएला’बाट सिने जगतमा छिरेकी नायिका खड्काले श्वेताश्री फाउन्डेसन खोलेर समाजसेवासमेत गर्दै आएकी छन्। यसअघि २०७१ असारमा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग खड्काको विवाह भएको थियो। तर सोही वर्ष साउनमा श्रेष्ठको निधन भएको थियो।