१० हजार कर्मचारीले स्वैच्छिक अवकाश लिने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

१० हजार कर्मचारीले स्वैच्छिक अवकाश लिने



निजामती कर्मचारीलाई स्वैच्छिक अवकाशको अवसर दिएपछि करिब १० हजार कर्मचारीले जागिर छोड्ने सम्भावना देखिएको छ ।

सरकारले स्वैच्छिक अवकाशको तयारी गरे पछि ८ देखि १० हजार कर्मचारीले निवृत्तिभरणको सुविधा लिने सम्भावना देखिएको नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले बताए ।

निजामती कर्मचारीले एकमुष्ठ रकम पाउँदा राज्यलाई करोडौं व्ययभार पर्ने आकलन गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

सरकारी सेवामा ५० बर्ष उमेर पुगेका र २० बर्ष सेवा अवधि पार गरेका कर्मचारीलाई निवृत्तिभरणको व्यवस्था छ ।