वरिष्ठ अधिवक्ता भन्छन- संवैधानिक आयोगका नियुक्तिहरु स्वतः खारेज भए
काठमाडौँ- वरिष्ठ अधिवक्ता शम्भु थापाले राजनीतिक दलहरुले चाहेमा प्रधानमन्त्रीलाई कारवाही गर्न सक्ने बताएका छन् ।
बुधबार रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा उनले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले गम्भीर गल्ती गरेको प्रमाणित भइसकेकाले प्रधानमन्त्रीलाई कारवाही गर्ने सम्बन्धी अधिकार संविधानमा व्यवस्था भएको बताएका हुन् ।
उनले सर्वोच्चको फैसलाले एउटा नजीर स्थापना गरेको भन्दै अब भविष्यमा कुनै पनि प्रधानमन्त्रीले यस्तो कदम चाल्न नसक्ने तर्क गरे । कसैको चाहनामा प्रतिनिधि सभालाई मार्न नसक्ने सर्वोच्चको फैसलामा उल्लेख गरेको उनको भनाई छ ।
उनले आफैले विघटन गरेको प्रतिनिधि सभा पुन:स्थापना भएको अवस्थामा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने जिकिर गरे । थापाले राष्ट्रपतिले समेत संविधानको मान राख्न नसकेको धारणा राखे ।
त्यस्तै उनले प्रधानमन्त्रीले आफ्नो पद लम्ब्याउनका लागि नै प्रतिनिधि सभा विघटन गरेको बताए । उनले सर्वोच्चको फैसलाले संविधानवादको रक्षा गरेको धारणा पनि राखे । त्यस्तै उनले संवैधानिक आयोगहरूमा भएका नियुक्तिहरु स्वतः खारेज भएको बताए ।