किन टेम्पो ड्राइभर बनिन स्वस्तिमा खड्का ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

किन टेम्पो ड्राइभर बनिन स्वस्तिमा खड्का ?



काठमाडौं। बोल्ड एण्ड ब्यूटी नायिकाको रुपमा चिनिने नायिका स्वस्तिमा खड्का ‘बुलबुल’ नामक फिल्ममा टेम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छिन् ।

झण्डै २ महिनासम्म टेम्पु सिकेपश्चात् उनी यो फिल्ममा अनुवन्धित भएकी छिन् । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच यस फिल्मको औपचारिक निर्माण घोषणा गरियो ।

स्वस्तिमाका अलावा ‘बुलबुल’ मा मुकुन्द भुषाल, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डेलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । विनोद पौडेलले यो फिल्मलाई निर्देशन गर्दैछन् । उनको यो डेब्यु निर्देशन हो । फिल्ममा उनकै कथा तथा पटकथा छ ।

राजधानीमा टेम्पो चलाएर जीविकोपार्जन गर्ने एक अविवाहित युवतीको कथा यस फिल्मले बोल्नेछ । स्वस्तिमाले आफ्ना लागि टेम्पो चालकको भूमिका चुनौतीपूर्ण रहेको बताइन् । उनी भन्छिन्, पहिलो पटक फरक भूमिकामा देखिँदैछु । मेरा लागि यो ठूलो चुनौती र अवसर हो ।
अहिले फिल्मको वर्कशप चलिरहेको छ । उक्त फिल्मका लागि कोशिश क्षेत्री र मलिना पौडेलले गीत लेखेका छन् भने स्वर रजीना रिमाल र निश्चल बस्नेतले दिएका छन् । शुशन प्रजापतिको छायांकन रहने यस फिल्मलाई राजु पौडेल, पुरुषोत्तम पाण्डे, अविरल थापा र भिम थापाले संयूक्त रुपमा निर्माण गर्दैछन् ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । निर्देशक पौडेलले कथाअनुसार पात्र र नाम चयन गरेको बताए । उनी बुलबुल बनिरहेका फिल्मभन्दा फरक हुने दाबी गर्छन् ।

यस फिल्ममा अभिनेत्री स्वस्तिमाका श्रीमान् निश्चलले विशेष भूमिका निर्वाहा गर्न सक्नेछन् । अहिले निर्माण टिम उनलाई फिल्ममा ल्याउन तयारी गरिरहेको समाचार फिल्मीखबरले प्रकाशित गरेको छ ।