स्वास्थ्यमन्त्री ओली सँगअसन्तुष्ट , डा. गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न माग - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

स्वास्थ्यमन्त्री ओली सँगअसन्तुष्ट , डा. गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न माग



काठमाडौं- उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सरकारसँग असन्तुष्ट देखिएका छन् । उनले गरेका सिफारिस मन्त्रिपरिषदमा अड्किएपछि उनी असन्तुष्ट भएका हुन् ।

संघीय फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादव सरकारमा सहभागी भएको ८ महिनामै मन्त्रिपरिषद्को कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । उनले गत जेठ १८ मा उपप्रधान एवं स्वास्थ्यमन्त्रीको सपथ लिएका थिए । सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौता अनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नल्याइएकोमा उनको असन्तुष्टि छ ।

‘आन्दोलन गरेर आएको हुँ । के ठेगान भोलि फेरि आन्दोलनमा जानुपर्ने हो र ?’ उनले भने ‘डा. गोविन्द केसीसँग गरिएको सम्झौता इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ । चिकित्सा शिक्षा गुणस्तरीय हुनुपर्छ ।’ डा. केसीको १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकार र उनीबीच सम्झौता भएको थियो ।
अन्नपूर्ण पोस्टबाट