घोडाघोडीमा नि:शुल्क स्वास्थ्य शिविर: ३ सय जनाले लिए लाभ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

घोडाघोडीमा नि:शुल्क स्वास्थ्य शिविर: ३ सय जनाले लिए लाभ



विशाल पाण्डेय/ कैलाली
घोडाघोडी नगरपालिकामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । एस ओ एस बालग्राम धनगढीको आयोजनामा घोडाघोडी नगरपालिका -८ जरहीमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

एसओएस बालग्राम धनगढीको परिवार सबलीकरण कार्यक्रम अन्तर्गत ७० औं एसओएस बालग्राम अन्तर्राष्ट्रिय वार्षिकोत्सव तथा १०० प्रो.हर्मन माईनर जन्म जयन्तीको उपलक्षमा निशुल्क स्वास्थ शिविरको आयोजना गरिएको
एस ओ एस बालग्राम धनगढी शाखाका योजना निर्देशक पदम बहादुर हमालले बताए ।

एक दिने स्वास्थ्य शिविरबाट ३०० जना लाभान्वित भएका छन् । शिविरमा उपस्थित रोगिहरुलाई परामर्श तथा औषधिसमेत दिइएको थियो ।

जोखिममा परेका बालबालिकाको स्याहारसुसार तथा संरक्षण, गुणस्तरीय शिक्षा र असल नागरिक बनाउदै आइरहेको एसओएस वालग्रामले आगामी दिनमा पनि स्वास्थ सम्बन्धि शिविरहरु संचालनमा ल्याउने एस ओ एस बालग्रामका कार्यक्रम कोर्डिनेटर विपिन कुमार मिश्रले बताए । शिविरमा घोडाघोडी अस्पताल सुखडले प्राविधिक सहयोग गरेको थियो ।