स्वास्थ्य संस्थाको जेनेरेटर रक्सी उत्पादनमा प्रयोग ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

स्वास्थ्य संस्थाको जेनेरेटर रक्सी उत्पादनमा प्रयोग !



काठमाडौं । पश्चिम रुकुममा स्वास्थ्य संस्थाको जेनेरेटर कर्मचारीको मिलेमतोमा रक्सी उद्योगलाई दिइएको छ । हाइ भोल्टेजका कारण समस्या आएको भन्दै स्वास्थ्य संस्थाको जेनेरेटर रक्सी उद्योगले प्रयोग गरेको हो । कारोबार दैनिकमा समाचार छ ।

अस्पतालको जेनेरेटर रक्सी उद्योगलाई दिइएपछि एक्सरे सेवासमेत प्रभावित भएको छ । सर्वसाधारणले निजी मेडिकलहरुमा एक्सरे गर्नु पर्ने बाध्यता छ । आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जेनेरेटर वाइन उद्योगमा प्रयोग भएको स्वीकार्नु भयो तर फिर्ता गर्ने कुरा गर्नु भएन । भन्नुभयो, ‘अस्पतालमा समस्या देखिएकाले अर्को जेनेरेटर व्यवस्था गर्दैछौँ ।’

२५ सैयाको अस्पतालमा २ सय रुपैयामा हुने एक्सरे सेवा प्रभावित भएको छ । स्थानीय वाइन उद्योगलाई जेनेरेटर दिने कर्मचारीहरु कारबाहीमा परेका छैनन् ।