स्वास्थ्यमन्त्री पोखरेल वीर अस्पतालमा भर्ना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

स्वास्थ्यमन्त्री पोखरेल वीर अस्पतालमा भर्ना



भदौ ११, काठमाडौँ ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल टाइफाइड भएपछि उपचारका लागि आज वीर अस्पताल भर्ना भएका छन् ।

उनलाई घाँटी दुख्ने, रुघाखोकी र छातीमा समेत समस्या देखिएको छ । उनले भने, “आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि पूर्णरुपमा आरामको जरुरी छ, करिब तीन दिन अस्पतालमा नै उपचार गराउनुपर्छ, उपचार शुरु गरी औषधि सुरु भइसकेको छ ।”

वीर अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले मन्त्री पोखरेललाई टाइफाइड भएको र निमोनियाको पनि लक्षण देखिएको जानकारी दिए ।
वीर अस्पतालका वरिष्ठ फिजिसियन डा सुरेन्द्र श्रेष्ठ मन्त्री पोखरेलको उपचारमा संलग्न छन् । वर्षापछि आएको बाढीपछि राहत र उद्धारका लागि तराई पुगेएका मन्त्री पोखरेल एक सातादेखि नै अस्वस्थ भएकाले चिकित्सकको निगरानीमा थिए ।

उनका प्रेस संयोजक सरोज ढुंगेलले चिकित्सकको निगरानी रही औषधि सेवन गरेपछि समस्या बढ्दै गएपछि आज दिउँसो अस्पताल भर्ना गरिएको जानकारी दिए । रासस