स्वास्थ्य मन्त्रालयमा अख्तियारको छापा: अनुसन्धान सुरू - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

स्वास्थ्य मन्त्रालयमा अख्तियारको छापा: अनुसन्धान सुरू



काठमाडौं- स्वास्थ्य सामग्री खरीदका क्रममा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै बिरोध भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ।

कोरोना भाइरसको उपचारमा अत्यावश्यक समान खरिदमा व्यापक भ्रष्टाचार भएको तथ्य बाहिर आएपछि जनस्तरबाट ठुलो बिरोध भैरहेको छ । विरोध थेग्न नसकेपछि सरकारले खरिद प्रक्रिया रद्द गरेपछि अख्तियारले यसबारे अनुसन्धान थाल्ने भएको हो ।

स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अख्तियाले छापा मारी महत्वपुर्ण कागजात नियन्त्रणमा लिएको बताइएको छ भने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठलाई अख्तियार कार्यालयमा बोलाएर सोधपुछ गरेको छ ।

यस्तै आयोगले स्वास्थ सेवा विभाग, त्यसअन्तर्गतको व्यवस्थापन महाशाखा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सामग्री खरीद सम्बन्धी कागजातसमेत नियन्त्रणमा लिएको स्रोतको भनाइ छ।

सरकारले कोरोना भाइरसको उपचारका लागि ओम्नी समूहसँग अत्यावश्यक सामग्री खरीद सम्झौता गरेको थियो।

तर, त्यसमा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै चौतर्फी विरोध भएपछि बुधबार बाँकी ३० टन सामग्री नल्याउने गरी उक्त समूहसँगको खरीद सम्झौता रद्द गरिएको हो।

यसैबीच कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति अध्यक्ष ईश्वर पोखरेलविरुद्ध आयोगमा उजुरी परेको छ।

अधिवक्ता दिनेश त्रिपाठीले पोखरेलविरुद्ध आयोगमा उजुरी दिएका हुन्।