स्वास्थ्य केन्द्रमा टर्च बालेर उपचार,विरामीको उपचारमा समस्या
३ असोज, काठमाडौं । विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै हेटौंडा अस्पतालसहित दुईवटा प्राथमिक स्वास्थ्य चौकीको विद्युत लाइन कटौती गरेपछि विरामीको उपचारमा समस्या भएको छ ।
प्राधिकरणले हेटौंडा अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य चौकी भीमफेदी र मनहरीको विद्युत लाइन काटेको हो ।
विद्युत लाइन काटिँदा प्रसुति सेवा प्रदान गर्न र रातको समयमा आकस्मिक बिरामीको उपचार गर्न समस्या भएको प्राथमिक स्वास्थ्य चौकी मनहरीका हेल्थ असिस्टेन्ट टीकाराम अधिकारीले बताएकाे अाजकाे अन्नपूर्णमा समाचार छ ।
‘राति टर्च बालेर उपचार गर्नुपरेको छ, उनले भने ‘विद्युत कटौती भएपछि प्रसुति सेवा बन्द भएको छ’ । फ्रिजमा राख्नुपर्ने औषधि र भ्याक्सिन विद्युत अभावमा हेटौडाबाटै ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए ।