डा.देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

डा.देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान



काठमाडौँ । नेकपाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ ।

बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा एमाले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख सुजिता शाक्य र राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेलका तर्फबाट विभाग प्रमुख तथा सांसद शाक्यले डा देवकोटालाई अभिनन्दनपत्र प्रदान गर्दै स्वास्थ्यलाभको कामना गरे।

डा देवकोटाले चिकित्सा सेवालाई जनताको सहज पहुँचको क्षेत्र बनाउने र समृद्ध बनाउने काममा खेलेको अग्रसरता अतुलनीय भएकाले अभिनन्दन गरिएको सांसद शाक्यले बताइन्।

सो अवसरमा डा देवकोटाले गरीबका छोराछोरीले सहज र सुलभ तरीकाले चिकित्साशास्त्र अध्ययन गर्न पाउने वातावरण बनाउन तथा विशेषज्ञ चिकित्सक उत्पादन गर्नका लागि सातै प्रदेशमा उच्चस्तरको अस्पताल निर्माण गर्न आग्रह गरे।

पित्तनलीमा अर्बुद रोगका कारण डा देवकोटाले अहिले अस्पतालमा उपचार गराइरेका छन् ।