स्वारेजले उरुग्वेलाई यसरी जिताए - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

स्वारेजले उरुग्वेलाई यसरी जिताए



एजेन्सी । मैत्रीपुर्ण खेलमा उरुग्वेले पानामालाई ३–० गोल अन्तरले हराएको छ । कोपा अमेरिकाको तयारीमा रहेको उरुग्वेले शनिबार बिहान भएको खेलमा पानामाविरुद्व सहज जित निकालेको हो ।

चोट मुक्त हुदै मैदान फर्किएका लुईस स्वारेजले फ्रिकिकमा सुन्दर गोल गरेपछि उरुग्वेले सहज जित दर्ता गरेको हो ।

म्याक्सिमिलियानो गोमेजले १९ औ मिनेटमा उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । स्वारेजले ६९ औ मिनेटमा उरुग्वेका अग्रता दोब्बर पारे । फेडरिको भाल्भार्डेले ७९ औ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएपछि स्वारेजले खुट्टाको शल्यक्रिया गरेका थिए । कोपा अमेरिकाको संघारमा गोल गर्दै स्वारेजले उत्कृष्ट पुनरागमनको संकेत गरेका छन् ।

उरुग्वले जुन १६ मा इक्वेडरसंग खेल्दै कोपा अमेरिकाको सुरुवात गर्नेछ ।