सुवास नेम्बाङले वार्ता भाँडेको खुलासा ! - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

सुवास नेम्बाङले वार्ता भाँडेको खुलासा !



काठमाडौं । सरकार र अनशनरत डाक्टर गोविन्द केसीबीचको वार्ता सम्वादहिनतर्फ उन्मुख छ । दुवै तर्फबीच मध्यस्तकर्ताको रुपमा भुमिका निर्वाह गरिरहेका पूर्व सभामुख समेत रहेका नेकपाका नेता सुवास नेम्बाङको कारण आज हुने भनिएको सहमति वार्ता नै नबसी भाँडिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली डाक्टर गोविन्द केसीसँग वार्ता गर्ने पक्षमा छन् । तर यसको लागि केसीले पहिले अनशन तोड्नुपर्ने उनको अडान छ ।

उता डाक्टर केसीको तर्फबाट वार्ता टोलीमा सहभागीहरुलेपनि सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै आफूरुले पेश गरेको सुधार बुँदासहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।

संसदमा दर्ता चिकित्सा शिक्षा विधेयकमा दफावार छलफल गर्न सरकारी पक्ष तयार नभएपछि बुधबारको वार्ता विनानिष्कर्ष टुंगिएको छ।

सरकारले आफ्नो वार्ताटोलीलाई ‘म्यान्डेट’ का साथ पठाएको भने पनि उनीहरु विधेयकमा कुरै गर्न नमानेको केसी पक्षका वार्ता संयोजक डा. अभिषेकराज सिंहले पत्रकार ऋषि धमलालाई जानकारी दिए।

शिक्षा मन्त्रालय, सिंहदरबारमा बुधबार दिउँसो वार्ता सुरु भएपछि केसी पक्षकाले विधेयक संशोधनको बुँदा उठाएका थिए। लगत्तै सरकारी टोली थप परामर्श गर्नुपर्छ भन्दै वार्तास्थलबाट निस्के। कोसँग परामर्श गर्ने भन्ने खुलाएनन्।